२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

फेसबुकले मान्यो – फेसियल रिकग्निशन अनुचित, बन्द गर्यो सेवा

एजेन्सी

तस्बिर र भिडियोमा मानिसहरुको अनुहार चिन्ने फेशियल रिकग्निसन सफ्टवेयरको प्रयोग नगर्ने फेसबुकले घोषणा गरेको छ । यो प्रविधि सही वा गलत भन्ने विषयमा लगातार चिन्ता जताइँदै थियो र गोपनियता, रङ्गभेदी पक्षपात र सटिक भए नभएको विषयमा लगातार प्रश्न उठाइँदै थिए ।

यद्यपि, कम्पनीका अनुसार यो प्रविधिको निगरानी गर्ने नियामकले यसको प्रयोगको विषयमा हालसम्म कुनै स्पष्ट नियम नबनाएको बताएको छ । तर यो प्रविधिका कारण यसले प्रयोगकर्तामा पार्ने असर बारे फेसबुकको मज्जाले आलोचना भइरहेको थियो ।

हालसम्म यो एपमा प्रयोगकर्ताले यो फिचरलाई छान्न सक्थे जसमार्फत् उनीहरुको अनुहार पहिचान गर्न सकिन्थ्यो र यदि कसैले फेसबुकमा उनीहरुको तस्बिर पोस्ट गरेको खण्डमा उनीहरुसम्म यसको जानकारी पुग्न सक्थ्यो । कम्पनीको आर्टिफिसियल इन्टेलिजेन्स युनिटमा उपाध्यक्ष जेरोमी पेसेन्टीले एउटा ब्लगमा लेखेका छन्, ‘हाल जुन अनिश्चितताको माहौल छ, त्यसमा हाम्रो मान्यता यो छ कि फेसियल रिकग्निसनको प्रयोग अनुचित छ ।’

लगातार विवादमा फेसबुकः

सन् २०१९ मा अमेरिकी सरकारको एउटा अध्ययनबाट यस्तो लाग्छ कि यो प्रविधि ककेसियन अनुहारको तुलनामा अफ्रिकी–अमेरिकी र एशियाली जनताको अनुहारको त्यस्तो सटिक पहिचान गर्न सक्दैन ।

नेशनल इन्स्टिच्युट अफ स्ट्यान्डर्स एण्ड टेक्नोलोजी संस्थाको अनुसन्धानमा अफ्रिकी–अमेरिकी महिलाको स्थिति थप खराब भएको पाइयो ।

अघिल्लो वर्ष फेसबुकले तस्बिरको स्क्यानिङ र ट्यागिङको विषयमा लामो समयसम्म चलेको एउटा कानूनी विवादलाई सल्टाएको थियो ।

सन् २०१५ देखि चलिरहेको यो मुद्दामा कम्पनीले फेसियल रिकग्निसन फिचरले राज्यको गोप्य कानूनको उल्लंघन गरेको भन्दै ऊजुरी दिने इलिनोयका केही प्रयोगकर्तालाई ५५ करोड डलरको क्षतीपूर्ति दिने सहमति गरेको थियो ।

यता अमेजन र माइक्रोसफ्ट जस्ता अन्य टेक कम्पनीले प्रहरीलाई यो प्रविधि बेच्ने गर्दथ्यो तर विवाद बढ्दै गएपछि यसलाई स्थगित गरिएको छ ।

बीबीसी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com