२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

युभेन्टस अन्तिम १६ मा, डिबाला नायक

युभेन्टसले उत्कृष्ट प्रदर्शन गर्दै जेनिट सेन्ट पिटर्सबर्गलाई ४–२ ले हराउँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला नायक बने । उनले दुई गोल गर्नुका साथै एउटा गोलको अवसर सिर्जना गरे ।

डिबालाले ११ औँ मिनेटमा गोल गर्दै युभेलाई अग्रता दिलाए पनि लियोनार्डो बोनुचीको आत्मघाती गोलमा जेनिट खेलमा फर्किएको थियो । दोस्रो हाफको शुरुवातमा नै डिबालाले पुनः युभेलाई अग्रता दिलाए । फेडेरिको चिएसाले त्यसपछि युभेका लागि तेस्रो गोल गरे भने डिबालाकै पासमा अल्भारो मोराटालो ८२ औँ मिनेटमा चौथो गोल गरे । जेनिटका फरवार्ड सरदार अजमाउनले इन्जुरी समयमा सान्त्वना गोल फर्काए ।

योसँगै समूह एच मा चार खेलमा चारमा नै जीत हासिल गर्दै युभेन्टस नकआउट चरणमा प्रवेश गरेको छ । उता, समूहकै अर्को खेलमा साबिक विजेता चेल्सीले माल्मोमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । खेलमा हाकिम जियेचको एक मात्र गोल निर्णायक बन्यो । चेल्सी ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । अब नकआउट चरणमा स्थान बनाउन चेल्सीलाई मात्र अंक आवश्यक रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com