२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

एमसीसीबारे प्रचण्डले मुख खोले

काठमाडौं, १८ कात्तिक । एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल देखिएका छन् । सत्ता गठबन्धनका दलमध्ये प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवा मात्र पक्षमा खुलेका छन् ।
प्रचण्ड र माधव नेपालले एमसीसी पास नगर्ने संकेतहरु गरिरहेका छन् । तर, प्रचण्डले एमसीसीको बाहिर बाहिर मात्र विरोध गरेको देखिएको छ । देउवासँग मिलेर उनले एमसीसी पारित गर्नेबारे प्रतिवद्धतासहित पत्र पठाएको खुलासा भएको छ ।

प्रधानमन्त्री देउवाले आज स्वदेश फर्किएपछि महत्वपूर्ण खुलासा गरेका छन् जसमा देउवा र प्रचण्ड मिलेर एमसीसी पारित गर्ने प्रतिवद्धता पत्र पठाएको उल्लेख गरेका छन् । देउवा एमसीसी पारित हुनेमा ढुक्क छन् ।

एमसीसीलाई अमेरिकी सैन्य रणनीति भन्दै प्रचण्डनिकटस्थहरुले विरोध गर्दै आएका छन् । तर, प्रचण्ड भने एमसीसीबारे महत्वपूर्ण सम्झौता गरेर अगाडि बढ्न थालेको देखिएको छ ।

अमेरिकी सहयोग सम्बन्धी एमसीसी संसदबाट पारित नभई कार्यान्वयन नहुने प्रावधान छ । त्यसैले अमेरिका एमससी पारित गराउन दबाबमा सक्रिय रहेको बुझिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com