२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

बारा जिल्लाबाट अवैध गाँजासहित दुईजना पक्राउ

२२ कात्तिक, वीरगंज । प्रहरीले बारा जिल्लाबाट अवैध लागु औषध गाजासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका(१६ बस्ने २१ वर्षीय चाँद किशोर राम र ३२ वर्षीय प्रभु राम रहेका छन् ।

कात्तिक २१ गते राति ९ बजे प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई १ किलो ९ सय ग्राम गाजासहित पक्राउ गरेको थियो ।

कलैया (मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया(१२ शीतलपुरमा कलैयाबाट मटिअर्वातर्फ शंकास्पद अवस्थामा जाँदै गरेको बा।२५ प ११९५ नम्बरको मोटरसाईकल रोकी प्रहरीले चेकजाँच गरेको थियो। चाँद किशोरले मोटरसाईकल चलाएका थिए भने प्रभु पछाडी बसेका थिए ।

मोटरसाईकलको बीचमा प्लाष्टिक झोलामा लुकाएर ल्याउँदै गरेको १ किलो ९ सय ग्राम अवैध लागू औषध गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परको उनीहरुविरुद्ध लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com