२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आज कोरोना संक्रमित ३९० जना थपिए थप पाँच जनाको मृत्यु

आज कोरोना संक्रमित ३९० जना थपिए थप पाँच जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १४ हजार ९२९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ८३६ रहेको छ ।

पछिल्लो समय थप ४२५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९५ हजार ८२२ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो २४ घण्टामा थप पाँच जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६५४ रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com