२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धादिङमा बस – बस ठोक्किँदा ३५ जना घाइते

धादिङको नीलकण्ठ नगरपालिका ८ ससाह नजिकै आज बुधवार दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । दुई वटा बस ठोक्किएर दुर्घटना हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

काठमाण्डौदेखी धादिङबेसी हुँदै फुलखर्क आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस र धादिङबेसीबाट चितवन जाँदै गरेको ना ५ ख ३२३५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक डीएसपी एवम् सूचना अधिकारी जागेश्वर भण्डारीले जनसेवा न्युज लाई बताउनुभयो ।

दुर्घटनामा घाइते भएकाहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भएका दुई जनालाई काठमाण्डौको ट्रमा सेन्टरमा थप उपचारका लागि रिफर गरिएको बताउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com