२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

न्युजिल्यान्ड पहिलो पटक टि-२० विश्वकपको फाइनलमा

एजेन्सी । न्युजिल्यान्डले पहिलो पटक टि-२० विश्वकपको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

न्युजिल्यान्डलाई जित दिलाउनको लागि ड्यारल मिचेलले ६८ रनको अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ४ चौका र चार छक्का प्रहार गरेका थिए । त्यस्तै, डेभोन कन्वेले ४६ रन बनाए भने जिम्मी निशमले २७ रन जोडे ।

बलिङतर्फ इङ्ल्यान्डका लागि क्रिस वोक्स र लिम्मी लिभिग्सटोनले समान दुई-दुई विकेट लिए । त्यस्तै, आदिल राशिदले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो ।

इङ्ल्यान्डका लागि मोइन अलीले नट आउट ५१ रन, इङ्ल्यान्डका डेविड मलानले ४१ रन, जोस बट्लरले २९ रन र लिमा लिभिस्टोनले १७ रनको योगदान गरेका थिए ।

बलिङतर्फ न्युजिल्यान्डका थिम साउथी, आदम मिल्न र इस सोढीले समान ए-एक विकेट लिए ।

न्युजिल्यान्डले अब दोस्रो सेमिफाइनलमा जित निकाल्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल खेलमा बिहीबार पाकिस्तान र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दैछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com