२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जस्तोसुकै भ्रम छरेपनि समाजवादी क्रान्ति रोकिने छैन, जिउँदो सहिद -रामबहादुर भन्डारी

जस्तोसुकै भ्रम छरेपनि समाजवादी क्रान्ति रोकिने छैन, जिउँदो सहिद : रामबहादुर भन्डारी

  मौन सिंहलाई चलाउने वाल हठ पना कुन हदसम्म 
  नेपाल कम्युनिस्ट पार्टी माओवादी जनयुद्ध एउटा सर्वहारा वर्गीय उत्तरआधुनिकवादको विरुद्ध नितान्त माक्र्सवादी राजनीतिक चरीत्रको साम्यवादी रणनीतिक प्रारुप थियोे । यो वर्गीय समाज हो यहाँ पक्षधरताको बहस हुन्छ । जनयुद्धको पक्ष र विपक्षमा भीषण टकराब भएकै हो । जनयुद्ध सुरु हुनु अगाडी राष्ट्रियता,जनतन्त्र र जनजिवीका संग सम्बन्धि देश र जनताको तत्कालीन जल्दाबल्दा ४० सुत्रीय शान्तिपूर्ण माग पुरानो सत्तालाई जानकारी गराउदा बेवास्ता भएपछि  घोषणा भयो जनयुद्धको अनि जनताको मुक्तिपथ दबाउन गोरखाका कक्ष ४ मा अध्ययनरत ११ वर्षको दुधेबालक दिलबहादुर रम्तेललाई हत्या र रुकुम पिप्ले गा बि स मेलगैरीमा ६ जना खत्री वन्धुहरुलाई सामुहिक हत्या गर्दै जनतालाई बेपत्ता, बलात्कार ,गिरफ्तारी,  झुट्टा मुद्दा, खनतलासी, लुटपाट राज्य आतंकले सिमा नाघेपछि जनअपराधमा संलग्नहरुमाथी प्रतिरोधात्मक उचित कारबाहीहरु भए । नयाँ नयाँ अन्तरविरोधहर पैदा भए  परिस्थिति पेचिलो बन्दै गयो जनयुद्ध बिरोधीहरुले साम्राज्यवाद विस्तारवाद र सामन्तवादीहरुको साथ सहयोगमा संयुक्त  मोर्चा बन्यो र माओवादी जनयुद्धले जनता र क्रान्तिकारी  विश्व कम्युनिस्ट आन्दोलनका भाईचारा संगठन संग साथ सहयोग रह्यो । जनयुद्ध र जनहत्यामा को कस्ले जस लिने भन्नेमा उधार र अनुउधार बिचको अन्तरविरोधको कारण दरवार हत्याकाण्ड बाट तत्कालीन राजा श्री ५ विरेन्द्रको वंशनास भयो। रुप पक्षमा देशीय सामन्तवाद संग लडेपनी सारमा विश्वसाम्राज्यवाद संगको सम्झौता हिन लडाइ थियोे जनयुद्ध । त्यसैले साम्राज्यवादीहरु आफ्नु चिहान नजिकिदै देखेपछि शान्ति वार्ताको प्रस्ताव र  युद्ध विराम र वार्ता २०५८र२०६०र र २०६३मा युरोपियन युनियन एवं संयुक्त राष्ट्र संघको सक्रियतामा बृहत शान्ती सम्झौता भएको यथार्थ हामी संग छ । दरवार हत्याकाण्ड पछी  राजतन्त्र र साम्राज्यवादीहरु बिच अन्तरविरोधको चरम परिस्थितिमा जनयुद्धको कुशल कमान्डर नेपाल कम्युनिस्ट माओवादीका अध्यक्ष क। प्रचण्ड को पहलमा  पुरानो सत्ताका ७ राजनीतिक दल माओवादी बीच १२ बुँदे सम्झौता गरेर  २०६२र०६३ को  १९ दिने दोश्रो  ऐतिहासिक जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना भएको हो। परिस्थिति धेरै अगाडी बढी सकेको छ  इतिहास गतिशील छ  इतिहासको माग भनेको  मुलुकलाई उर्जा पर्यटन यातायात  औद्योगिक विकास गरि समृद्ध नेपाल गास बाँस कबास शिक्षा स्वास्थ्य रोजगार र सुरक्षाको सुनिश्चित गर्ने अनि समाजवादी क्रान्तिको आधार तयारी गर्ने हो। जनयुद्धमा  माओवादीले १७ हजार मार्‍यो हत्यारा आतंककारी जनयुद्ध र त्यस्को नेतृत्वको चरीत्र हत्या अपमानित छुद्र अभिव्यक्तिले के राजनीतिक वैचारिक सैद्धान्तिक चरीत्र इंगित गर्दछरु कि माक्र्सवादी चरीत्र ग्रहण गर्दछरु  विज्ञानको नियम त तथ्यको आधारमा सत्य खोज गर  यदि तथ्यहरु छैन भने तर्क होइन कु तर्क हुन्छ अचेत भन्दा बाहेक जनअपाच्य भ्रम फैलाउनु भनेको गैर राजनीतिक चरीत्र हो। गोयबल्स शैली एवं  जनयुद्ध कालिन अभिव्यक्ति व्रतमान परिस्थितिको माग होइन धुरीबाट पाप कराएन भनेर आफ्नु अपराध आफैले घोषणा गरे जस्तो भएन अरुलाई मुर्ख बनाउन खोज्दा  आफ्नु हालत के हुन्छ त्यो इतिहासले पुष्टि गर्दछ। जनताका छोराछोरीहरुको हत्या एवं बेपत्ता बनाउने जनअपराधीहरु पत्ता लगाउन र कारबाहीको लागी सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सरकारले बनाएको छ यस्लाई राजनीति रूपमा हल हुने नै छ । सकारात्मक सोचको विकास गरौं कम्युनिस्टको नाममा उत्तरआधुनिकवादी एवं साम्राज्यवादी शाखा एवं  झुन्डहरुले सचेत वा अचेत कुनै न कुनै ढंगले माक्र्सवाद माथी हमला भएकै छ । माक्र्सवाद भनेको वस्तुलाई हेर्ने, बुझ्ने, व्याख्या र मुख्य त बदल्ने हो  जस्तोसुकै भ्रम झरे पनि समाजवादी क्रान्ति रोकिने वाला छैन ।  माक्र्सवादी विचार र समाजवादी क्रान्ती जिन्दावाद 

लेखक : रामबहादुर भन्डारी
नेकपा माओवादी केन्द्रका जिल्ला सह -इन्चार्ज,धादिङ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com