२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

सरकारले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता नगरे सशत्त आन्दोलन गर्ने अखिल क्रान्तिकारी अध्यक्षको चेतावनी

कात्तिक २५ काठमाण्डौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन –क्रान्तिकारी) का अध्यक्ष : हरिकृष्ण गजुरेल ले सरकारले बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ताको को माग गर्दै आज उनले एक विज्ञाप्ती जारी गर्दै सरकारको गम्भिर लध्यानाकर्षण गराएका छन् ।


विज्ञाप्तीमा भनिएको छ , शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सवै प्रकारका विकृति र विसङ्गतिको अन्त्यको साथ राष्ट्रियता, जनतन्त्र र जनजिविकाको सुनिश्चितताका लागि र महंगी एवम् भ्रष्टचारका विरुद्ध अखिल क्रान्तिकारी निरन्तर सङ्घर्षरत् गर्दै आएको कुरा स्पष्ट पार्नु भएको छ ।


साथै सरकारले फेरी पेट्रोल, डिजेल, र मट्टितेलमा ३–३ रुपैयाको दरले, हवाई इनधन –आन्तरिक तथा बाह्य) मा प्रतिलिटर ५ रुपैँया र खाना पकाउने एल ःपी ग्यासमा प्रतिसिलिण्डर ७५ रुपैयाँले मूल्य बढाएको भन्दै ति मूल्यवृृद्धी तत्काल फीर्ता गर्न अध्यक्ष गजुरेल ले सरकारलाई कडा चेतावनी दिएको छ ।


उनले भने सरकारले कोभिड – १९ लगायत विभिन्न विपत्तिबाट प्रताडित नेपाली जनतालाई राहात दिनुको साटो पटक –पटक मूल्यवृद्धि गरेको नेपाली जनताको ढाड सेक्ने काम गरेको प्रति अखिल क्रान्तिकारी संगठनको तर्फबाट घोर निन्दा एवम् भत्र्सना गरेको छ । उलने भने सार्वजनिक यातायातले मनपरी असुलीरहेको र विद्यार्थी, जेष्ठ नागरीक, घाईते, अपाङगता भएकाहरुले छुट पाउन नसकिरको बारे पनि आपत्ति जनाउनु भयो ।
यदी सरकारले मूल्यवृद्धी सहज ढंगले फिर्ता नलिय सशत्त रुपमा संघर्षमा उत्रने चेतावनी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com