२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

एक नम्वर प्रदेश मा थप ४१ जनामा कोरोना संक्रमण

काठमाण्डौँ । एक नम्वर प्रदेश मा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना संक्रमण भएको छ । ३०६ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र ४० जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, सुनसरीमा १२, मोरङमा ८, इलाम र पाँचथरमा १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा ५, अर्जुनधारामा ३, हल्दिबारीमा २, गौरादह, मेचीनगर, विर्तामोड, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको धरानमा ८, इटहरी र इनरुवामा २–२ जनामा कोरोना देखिएको छ ।

त्यस्तै, मोरङको विराटनगरमा ३, उर्लाबारीमा २, सुन्दरहरैचा, रतुवामाई र लेटाङमा १–१, इलामको इलाम नगरपालिका र पाँचथरको फिदिममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र २५, पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com