२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

ललितपुर र धनगढी महिला लिगमा छनोट

ललितपुर र धनगढी महिला लिगमा छनोट

काठमाडौं, २६ कात्तिक- ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ को लागि छनोट भएका छन् । शुक्रबार एन्फा कम्प्लेक्समा भएको फरक खेलमा विजयी हुँदै फाइनल स्थान सुरक्षित गरेसँगै ललितपुर र धनगढी राष्ट्रिय लिगका लागि छनोट भएका हुन् ।

पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १(० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको हो ।

ललितपुरको जितमा कप्तान निर्मला विकले एक मात्र गोल गरिन् । नेपाल पुलिस क्लबको फरवार्डसमेत रहेकी निर्मलाले पहिलो हाफमा गोल गरेकी थिइन् ।दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै धनगढी उप-महानगरपालिका फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भयो ।

एकोहोरो खेलमा धनगढीलाई जिताउन सीमा रावल, चन्द्रा भण्डारी, कप्तान रेबिका पाण्डे र सरस्वती रोकायले समान एक एक गोल गरे ।अब, दुई टोली उपाधिका लागि आइतबार भिड्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ ।

३१ टोली सहभागी लिगको फाइनल पुग्ने टोली महिला लिगमा छनोट हुनेछ । सहभागी क्लबलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।

अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब -पुलिस, आर्मी, एपीएफ० चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com