२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अन्तिम समयको पेनाल्टीमा चुक्दा इटाली जितबाट वञ्चित

अन्तिम समयको पेनाल्टीमा चुक्दा इटाली जितबाट वञ्चित


प्रकाशित मिति : शनिबार, कात्तिक २७, २०७८,

एजेन्सी – इटाली र स्वीट्जरल्याण्डले विश्वकप फुटबलको युरोपियन छनोटमा बराबरी खेलेका छन्। शुक्रबार राति इटालीको घरेलु मैदानमा भएको खेलमा स्वीट्जरल्याण्डले १–१ को बराबरी खेलेको हो।

खेलको ११ औं मिनेटमा विड्मेरको गोलबाट स्वीट्जरल्याण्डले सुरूवाति अग्रता लिएको थियो। ३६ औँ मिनेटमा जिओभानी डी लोरेन्जोले गोल गर्दै इटालीलाई बराबरीमा ल्याए।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप गोल हुन सकेन।

खेलको अन्तिम मिनेटमा इटालीले पाएको पेनाल्टी मिस गर्दा इटालीले अंक बाढ्न बाध्य भयो। जोर्जिन्होले प्रहार गरेको पेनाल्टी मिस भएपछि इटाली जितबाट वञ्चित भयो । बराबरीपछि समूह सी मा रहेको इटालीको सात खेलबाट १५ अंक भएको छ। दोस्रो स्थानको स्वीट्जरल्याण्डको पनि समान खेलबाट समान १५ अंक छ।

सोही समूहको अर्को खेलमा उत्तरी आयरल्याण्डले लिथुवानियालाई १–० ले पराजित गरेको छ। तेस्रो स्थानको उत्तरी आयरल्याण्डको सात खेलबाट ८ अंक भएको छ । बुल्गेरी ८ अंकसहित चौथो स्थानमा छ । तीन अंक जोडेको लिथुवानिया पुछारमा छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com