२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आफ्नो प्यानलाको बैठकमा वरिष्ठ नेता पौडेलले राखे दुई प्रस्ताव

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका केन्द्रीय सदस्यहरुको बैठकमा दुई विकल्प अघि सारेको छ। पहिलो विकल्पमा उनले इतर समूहबाट पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको दावी प्रस्तुत गर्ने नेताहरु आपसमा मिले आफू सहयोग गर्न तयार रहेको बताएका छन् । तर दाबेदारहरु आपसमा नमिले भने आफू अघि बढ्ने प्रस्ताव अघि सारेको बैठकमा सहभागी केन्द्रीय सदस्य गगन थापाले रातोपाटीलाई जानकारी दिए ।

उनले भने, तपाईँहरू मिल्न र मिलाउन पनि सक्नुहुन्छ भने मलाई मिलाउने जिम्मा दिनुस् । सबैलाई मिलाएर म नै नेतृत्व गर्नेगरी अघि बढ्छु ।’ पौडेलको उक्त प्रस्तावमा अरु नेताहरुले केही जवाफ फर्काएनन् । यस्तै आजको बैठकमा सहभागी नहुने नेता प्रकाशमान सिंहको सन्दर्भमा पनि छलफल भएको थापाले बताए । बैठकमा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

उनीहरुले सबैलाई टीममा राख्न सकिएन भने त्यस्तो अवस्थामा शेरबहादुर देउवालाई रोक्न कसैले नसक्ने धारणा राखे । बैठकपछि महामन्त्री शशांक कोइरालाले पनि इतर पक्ष एकजुट भएर महाधिवेशनमा होमिनुपर्ने धारणा राखे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com