२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

कुमारी बैंकको १९ करोड ठगी गर्ने इन्जिनियर चौरसिया पक्राउ उनलाई रिहाइ गर्न माग

वीरगन्ज । कुमारी बैंकको १९ करोड ठगी प्रकरणमा पक्राउ परेका जग्गाका मूल्यांकनकर्ता (इन्जिनियर) राजेशकुमार चौरसियालाई निशर्त रिहाइ गर्न माग गरिएको छ ।

आफ्नो इन्जिनियर पक्राउमा परेपछि नेपाल ईन्जिनियर्स एसोसियसन वीरगन्ज केन्द्रले शुक्रबार यस प्रकरणमा पक्राउ गरिएका सदस्य इन्जिनियर चौरसिया निर्दोष रहेको भन्दै निशर्त रिहाइको माग गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही समयअघि चौरसियासहित कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, मुक्तिनाथ गौतम र एसकुमार महर्जन पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

सीआइबीको टोलीले पक्राउ गरेको प्रति आपत्ति जनाउँदै यस प्रकरणमा चौरसियाको हात नरहेको केन्द्रले विज्ञप्तिमार्फत भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बैंकले उपलब्ध गराएको कागजात आधारमा जग्गाको मूल्यांकन गरेपश्चात् उक्त जग्गा बैंकको नाममा दृष्टिबन्धक लिखित भई मालपोत कार्यालयबाट हुने रोक्काको आधारमा कर्जा प्रवाह भएको र हाल आएर कार्यालयबाट गरिने प्रक्रियासमेत नक्कली एवं कीर्ते रहेको भनि इन्जिनियर मूल्यांकनकर्ताको दायित्वबाहिरका कार्यहरु स्पष्ट हुँदाहुँदै विना हिरासत पनि अनुसन्धान हुन सक्ने अवस्था विधमानता रहँदा रहँदै पूर्वाग्रही भई चौरसियामाथि अन्यायपूर्ण व्यवहार हुनुको साथै निर्दोष व्यक्तिको वैयक्तिक स्वतन्त्रमाथिको ठाडो हस्तक्षेपले दुःखी तुल्याएको छ ।’

वीरगन्ज केन्द्रका सभापतिसमेत रहेका इन्जिनियर उमेश कुमार गुप्ताद्वारा जारी प्रेस विज्ञप्तिमा चौरसियामाथि अन्यायपूर्ण गिरफ्तारी भएको भन्दै तत्काल निशर्त रिहाइको माग गरिएको छ ।

प्रकाशित :२०७८, कात्तिक २७

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com