२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

सोलुखुम्बुका सुमन र धादिङकी रसिलालाई पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनु को उपाधि

काठमाण्डौ – चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनु को उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार दुई सय मिटर उचाइको पाँचपोखरीमा सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित २१ किलोमिटर दुरी एक घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो भए । ​दोस्रो र तेस्रो स्थानमा आर्मीका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई घण्टा २९ सेकेन्ड र दुई घण्टा एक मिनेट ४० सेकेन्डमा दौड पूरा गरे । चौथो र पाँचौँ स्थानमा अर्जुन कुलुङ र तीर्थ तामाङ रहे ।

महिलातर्फ धादिङकी रसिला तामाङ पहिलो भइन् । उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरिन् । सिन्धुपाल्चोककी नितु तामाङ दुई घण्टा ४६ मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् । तेस्रो, चौथो र पाँचौँ स्थानमा क्रमशः प्युठानकी सङ्गीता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राई रहे ।

पुरुष र महिला दुवैतर्फ पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com