२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नुवाकोट : नेपाल दलित विद्यार्थी संघ सभापतिको सुझाव, सरकारलाई पेट्रोलियम मूल्यवृद्धि फिर्ता लिन आग्रह

नेपाली सांग्रेसको भातृ संस्था नेपाल दलित विद्यार्थी संघ नुवाकोटका सभापति दिपक गैरे ले एक विज्ञाप्ति जारी गरी १५ दिनको अन्तारालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएर जनतालाई मारमा पारेको भन्दै सरकारको कडा आलोचना गरेका छन् । साथै उहाँले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन समेत माग गर्नु भएको छ ।

पुर्णपाठ : ​प्रेस विज्ञप्ती

नेपाली जनताले उत्साह र श्रध्दाका साथ मनाउने विविध चाडपर्वहरुको समयमा नेपाल आयल निगम द्वारा १५ दिनको अन्तरालमा २ पटक गरिएको पेट्रोलियम पदार्थको मृल्य वृध्दिले हाम्रो गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।
ढुवानी खर्च वृध्दि भइ बजारमा उपभोग्य वस्तुको समेत मुल्य वृध्दि हुने अवस्था सिर्जना गरी भएको पेट्रोलियम पदार्थको मुल्य वृध्दिको निर्णय प्रती घोर भत्सना ब्यक्त्त गर्दछौ ।

कोभिड १९ का कारण लामो समय देखी अप्ठ्यारो भोगी रहेका नेपाली जनताको ढाड सेक्ने गरी कोही कसै बाट भएको निर्णय हामीलाई मान्य हुने छैन । यो समय भनेको प्रतिकुलतामा बसिरहेका नेपाली जनतालाई राहत महसुस हुने गरी कार्य गर्ने समय हो ,त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मृल्य वृध्दि खारेज गर्न जोडदार माग गर्दछौ ।

नेपाल आयल निगम भित्रको वेथिती अनियमितता र भष्टाचारलाई छानविन र नियन्त्रण गर्दै त्यहा विभिन्न नाममा संचित गरिएका मुल्य स्थिरिकरण कोष लगायतका विभिन्न कोषहरुको सदुपयोग गर्दै जनतालाई राहत दिने कुरामा कडाइका साथ लाग्न राज्यका सबै निकायलाई जोडदार माग गर्दछौ ।
जय नेपाल ।

नेपाली कांग्रेसको भातृ संथा : नेपाल दलित विद्यार्थी संघ नुवाकोट

जिल्ला : सभापति दिपक गैरे

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com