२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई
काठमाडौँ । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि तिजेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ । उपाधि चुम्ने क्रममा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । मार्शले अविजित रहदै ७७ रनको योगदान गरे । उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे । वार्नरले ५३ रनको योगदान दिए । यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे । जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए ।

अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो भने युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com