२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

आक्रमणकारीलाई तीन दिन भित्र पक्रिने प्रहरीको प्रतिवद्धता

आक्रमणकारीलाई तीन दिन भित्र पक्रिने प्रहरीको प्रतिवद्धता

काठमाडौँ । अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष कुशलव केसीलाई खुकुरी प्रहार गर्नेहरुलाई पक्राउ गर्ने प्रतिवद्धता प्रहरीले व्यक्त गरेको छ । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै भक्तपुरमा आइतबार आयोजना गरिएको विरोध प्रदर्शनपछि प्रहरीले यस्तो प्रतिवद्धता जनाएको हो ।

घटना भएको १८ दिनसम्म पनि प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै अनलाइन टीभी पत्रकार संघको नेतृत्वमा आइतबार ठिमी प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय भक्तपुरमा बृहत विरोध प्रदर्शन भएको थियो ।

उनीहरुले दोषीलाई पक्राउ गरी कारबाही गर्न ठिमी प्रहरी कार्यालयका प्रमुख डिएसपी नरहरि रेग्मीले आनाकानी गरिरहेको भन्दै उहाँलाई समेत कारबाही गर्न माग गरेका थिए । प्रदर्शनकारीको दवावपछि डिएसपी रेग्मीसहितले तीन दिन भित्रमा दोषीलाई पक्राउ गर्ने प्रतिवद्धता जनाउनु भएको घाइते पत्रकार केसीले जानकारी दिनुभयो ।

यही कात्तिक ११ गते बिहीबार विहान भक्तपुरको बालकोटमा समाचार संकलनका क्रममा पत्रकार केसी माथी खुकुरी प्रहार भएको थियो । खुकुरी लागेर पत्रकार केसीसहित अरु तीन जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।

घाइतेहरुले घटना भएकै दिन ठिमी प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले आलटाल गरेपछि भोलीपल्ट शुक्रबार मात्रै उजुरी दर्ता भएको थियो ।

स्थानीय विष्णु कार्कीलगायतको संलग्नतामा खुकुरी प्रहार भएको भिडियोसहितको जाहेरि दर्ता गरिएको घाइते पत्रकार केसीले जानकारी दिनुभयो ।
करोडौको लेनदेखको विषयमा दुई पक्षका बीचमा विवाद भएको समाचार संकलन गर्ने क्रममा पत्रकार केसीमाथी खुकुरी प्रहार भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com