२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

दैलेखको मालिका मावि बन्यो प्रविधिमैत्री

दैलेखको ठाँटीकाँध गाउँपालिकास्थित मालिका मा।वि प्रविधिमैत्री बनेको छ । विद्यालयमा कम्युटर प्रयोगशाला सञ्चालनमा आएसँगै प्रविधिमैत्री बनेको हो ।

अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका प्रनाध्यापक महेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो।

एन्सेल नेपालको करिब ८० लाख लागत सहयोगमा विद्यालयमा पहिलो पटक प्रयोगशाला स्थापना भई सञ्चालनमा आएको हो ।

ल्याबको लागि आवश्यक फर्निचर, कम्प्युटर शिक्षक र रुम वेइरिङ बिद्यालयले आफै गरेको हो ।
जसमा ४।५ किलोवाटको सोलार सिस्टम, २४ वटा कम्प्युटर, ४ ओटा सिसिटिभी, एउटा फोटोकपी मेसिन लगाएतका विद्युतीय उपकरणहरु जडान भएका छन् ।

प्रयोगशालाबाट बिध्यालयमा अध्ययनरत ४७० जना विद्यार्थी लाभान्वित हुने विश्वास विद्यालयको छ।

प्राविधिक शिक्षाको आधारभूत मानवीय पूर्वाधार सञ्चालनमा आएको बताउँदै प्रधानाध्यापक शाहीले नविनतम प्रबिधिको प्रयोगमार्फत समयानुकूल हुन र दक्षता अधिवृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

कक्षा ६–८ सम्म कम्प्युटर शिक्षा विषय पठनपाठन हुनेमा सैद्धान्तिक मात्र हुनेगरेकोमा अब प्रयोगात्मक कक्षा प्रभावकारी ढङ्गले सन्चालन गर्न सकिने प्रधानाध्यापक शाहीले बताउनुभयो ।

‘कम्प्युटर जडानसँगै विद्यालयका दस्तावेजहरुलाई डिजिटल अभिलेखिकरण गर्न सहयोगका साथै विद्यालयका दैनिक प्रशासनिक गतिबिधी कामहरु सहज हुने भएको छ,’ प्र,अ शाहीले भन्नुभयो ।

दैलेखको विकट क्षेत्रका रुपमा रहेको मालिका माविमा प्रविधिमार्फत जोडिएसँगै विद्यार्थीहरुले भर्नादर र उत्तिर्णदर बढ्ने विद्यालयको विश्वास छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com