२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

न्यायपालिका विवाद वारे संसदबाट समाधान खोज्नुपर्छ– डाः भट्टराई

unn.prixa.net

 पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले न्यायपालिकामा भइरहेकाे विवादको समाधान संसदबाट खोज्नुपर्ने बताउनुभएको छ । सुरुवाती चरणमा न्यायपालिका आफैँले आफूभित्रको विवादको हल गरोस् भन्ने सोचिएको भन्दै उहाँले अब समस्या गिजोलिएर गएको बताउँदै यस्ताे बताउनुभएकाे हाे । 

नागरिकतासँग भेटघाट कार्यक्रमका लागि एक हप्तादेखि गृह जिल्ला गोरखामा रहनुभएका भट्टराईले आज साेमवार बगुवामा पत्रकार भेटघाटमा अब न्यायपालिकाले आफूभित्रको समस्या आफैँले हल गर्न सक्ने अवस्था नरहेको बताउनुभयो । ‘सुरुको चरणमा हामीले न्यायपालिका आफैँले समस्याको हल गरोस् भनेकै हो, घटनाक्रम बढ्दै जाँदा यो गिजोलिएर गएको छ’, भट्टराईले भन्नुभयो, ‘आफैँ भित्रबाट मात्रै हल भएन भने त्यसको हल गर्ने अङ्ग भनेको व्यवस्थापिका नै हो जुन कार्यपालिका र न्यायपालिका भन्दा माथि हुन्छ ।’

न्यायपालिकाको समस्या व्यवस्थापिकाले हल गर्नु भनेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउनु मात्रै भने नरहेको उहाँले स्पष्ट पार्नुभयो । ‘विभिन्न ढङ्गले सहजीकरण गर्ने हो । ऐन, कानुनका हिसाबले अप्ठ्यारा छन् भने व्यवस्थापिकाले हल गर्ने हो’, उहाँले भन्नुभयो, ‘न्यायपालिकाको गठन प्रक्रियामै समस्या हो कि, सञ्चालन प्रक्रियामा समस्या हो कि, विधि र संवैधानिक कानुनले कहाँ समस्या पारेको छ भन्ने कुराहरू बुझेर व्यवस्थापिकामार्फत हल गर्ने हो ।’

राज्यको तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यसरी सङ्कटग्रस्त हुनु शुभ सङ्केत भने नभएको डा. भट्टराईकाे भनाइ छ । राज्यका तीन अङ्गले एकले अर्कालाई हस्तक्षेप गर्ने क्रम विगतदेखि नै चल्दै आएको भन्दै उहाँले समस्याग्रस्त हुँदा समाधानका लागि एक अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com