२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

धनकुटा पुगेर ओलीले भने छिन्ताङ ह’त्या का’ण्डको जिम्मा कांग्रेसले लिनुपर्छ

धनकुटा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा गएसँगै २०३६ सालको छिन्ताङ ह’त्या का’ण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताएका छन् । धनकुटाको छिन्ताङमा नेकपा एमालेले आयोजना गरेको शहीद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुनिल थापा हाक्काहाक्की कांग्रेस भएको तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल देखाउने गर्ने अर्कै भएका कारणले भित्री कांग्रेस रहेको आरोप लगाए ।

२०३६ सालको छिन्ताङ ह’त्या का’ण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल कांग्रेसमा प्रवेश गरेकाले त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ओलीको तर्क छ । प्रचण्डसँग पार्टी एकता गरेका बेला तीन वर्ष पार्टी चल्न नपाएको बताउँदै अध्यक्ष ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालले कांग्रेससँग मन्त्री मागेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफूसँग मागेको भए प्रचण्डलाई १५ वटा मन्त्री दिन आफू तयार रहेको बताए ।

सर्वोच्च अदालतमा भइरहेको विवादको विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायलयमा वि’वाद बढेको बताए । उनले अहिले न्यायाधीश मु’द्दा नहेरेको, वकिलले दादागिरी देखाएको आरोप लगाए । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुनस् सरकारको नेतृत्वमा आउने बताउँदै आगामी निर्वाचनमा ५५ लाखभन्दा बढी मत कार्यकर्तालाई निर्देशन दिए । नेपाललाई १० वर्षमा संसारका धनी देशसरह बनाउने एमालेसँग क्षमता र कार्यदिशा रहेको बताउँदै अध्यक्ष ओलीले एमालेमा प्रवेशको लहर देशव्यापी रहेको दाबी गरे । उनले प्रचण्ड र नेपाल आफ्नै बुद्धिले एक्लिँदै गएका र एक्ल्याउँदै जानुपर्ने बताए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले अहिलेको सरकार स्वार्थहरूको गठबन्धन रहेको बताएका छन् । पोख्रेलले सर्वोच्च अदालतमा चलिरहेको विवादले सरकार के भन्ने प्रष्ट भएको बताएका हुन् । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले गठबन्धनका विरुद्ध जनता जाने बताएका छन् । उनले कम्युनिस्ट पार्टीमा नेता कार्यकर्ताका आधारमा केपी ओली नेता भएको बताउँदै एमाले जनतामा आधारित पार्टी निर्माण भएको र अझै सुदृढ हुने बताए । पोख्रेलले माओवादी केन्द्रसँग एकता हुँदा पार्टीको संगठनात्मक जीवन खल्बलिएको बताउँदै अबको यात्रा दक्षिणपन्थी र अवसरवादका विरुद्ध हुने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com