२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धनकुटामा सम्बोधन को क्रममा दुर्गा प्रशाइले खोले प्रचण्ड छोड्नुको कारण

धनकुटा, नेकपा एमालेका युवा नेता दुर्गा प्रशाई – धनकुटाको एक कार्यक्रम छिन्ताङ् नेकपा मालेले आयोजना गरेको ४३ औँ शहीद स्मृति सभालाई सम्वोधन क्रममा उहाँले भन्नु भयो, प्रचण्ड यो मुलुको सच्चा कमुनिष्ट हुन् भन्ने उदेश्यले प्रचण्डलाइ साथ दिए, त्र उहाँलाइ कम्युनिष्ट मान्नु म आफै भ्रममा रहेछु उहाँले प्रष्टपार्नु भयोे ।

जनयुद्धकै सिलसिलामा म सैनिक हिरासतमा समेत परे, आज प्रचण्ड कहाँ पुगे हिजो प्रचण्डका लागी १७ हजार शहिद भए, धेरै घाइते भए, उनिहरुको अवस्था केछ भन्दै गम्भिर प्रश्न गर्नु भयाो।

मैले देशको विकासको निम्ति सबै कम्युनिष्ठ पार्टीहरु लाइ एक ठाउँमा हुनुपर्ने उद्देश्यका साथ माओवादी र एमाले लाई मिलाउन मत्वपुर्ण भुमिका खेल्दै दुइ अध्यक्षलाइ मेरो घरमा छलफल गराउने मान्छे हु भन्दै उपस्थित जनसमुदायलाइ जानकारी गराउनु भयोे ।

मइले प्रचण्डलाइ नजिक वाट चिन्दछु , प्रचण्डलाइ कांग्रेसको शेरबहादुर भन्दा मुनतिर को हैसियत दियो भने उनी तत्काल कांग्रेसको चार तले फेटा लगाउन तयार हुनेवाला छन् भन्दै प्रचण्को कडा आलोचना गरे । प्रचण्को दोहोरो चरित्र देखेपछि म जस्ता लाखौँ शुभचिन्तक र सकृय इमानदार नेता कार्यकर्ताहरुले साथ छोड्नु परेको कारण वताउनु भयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com