२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

प्रचण्ड महोत्तरीमा स्वास्थ्य केन्द्रको उद्घाटन गर्न जाँदा सार्वजनिक बिदा !

काठमाडौं । सरकारले घोषणा गरेको सार्वजनिक बिदाका विषयमा विभिन्न धर्म, समुदायले आपत्ति जनाइरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्घाटनका लागि महोत्तरी जाँदा त्यहाँको एक नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मंगलबार महोत्तरीको रामगोपालपुर नगरपालिकाले स्वास्थ्य संस्था उद्घाटनमा अध्यक्ष प्रचण्ड आउने तय भएपछि सार्वजनिक बिदाको घोषणा गरेको हो ।

जारी सूचनामा नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि अध्यक्ष प्रचण्ड त्यहाँ आउने जानकारी दिइएको छ ।

सूचनाअनुसार उद्घाटन कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा तय गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com