२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

महानगर प्रमुख रेनु दाहाल र कतारी राजदूतबीच भेटवार्ता

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भरतपुर महानगर प्रमुख दाहालको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो ।

राजदूत युसुफ बिन मोहम्मद अल–हेलले प्रमुख दाहालसँग समग्र चितवन र यसको विकासको बारेमा जिज्ञासा राखेका थिए । राजदूत मोहम्मदले भरतपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग प्रविधि र अनुसन्धानहरूलाई आदानप्रदान गर्ने गरी सम्झौताअनुसार काम अगाडि बढाइरहेको बताए । उनले चितवन आएर स्थानीय सरकार प्रमुखसँग भेटघाट गर्न पाउँदा आफू हर्षित भएको बताए ।

भेटका क्रममा नेपाल र कतारबीच आपसीसम्बन्ध कायम भएसँगै दुई देशबीच दुई पक्षीय सहयोग आदानप्रदान भइरहेको बताइएको छ । राजदूत मोहम्मदले नेपाल प्रकृतिको सुन्दर मुलुक रहेको भन्दै पर्यटन प्रवद्र्धनमार्फत नेपालले लाभ लिन सक्ने बताए । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन आफू लागिपर्ने राजदूत मोहम्मदको भनाइ थियो । कतारमा रहेका नेपाली कामदारको सुरक्षा र रोजगारीमा कतार सरकारले विशेष चासो राखेको उनको भनाइ थियो ।

कतारमा ५ लाख बढी नेपालीहरू विभिन्न क्षेत्रमा रोजगार तथा पछिल्ला दिनहरूमा कतारमा लगानीसमेत गरी व्यापार व्यवसाय गरिरहेका छन् । महानगर प्रमुख दाहालले कृषि तथा पशुविज्ञान विश्वविद्यालयसँग प्रविधि आदान प्रदाननका लागि दुई पक्षीय सम्झौता सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै यसबाट कृषि र प्रविधिको क्षेत्रमा गरिने अध्ययन र अनुसन्धानले दुई देशको कृषि प्रणालीमा आधुनिकिकरण गर्न थप सहयोग पुग्ने बताइन् ।

राजदूत मोहम्मदलाई महानगर प्रमुख दाहालले स्वागत गर्दै कतारले लोभलाग्दो विकास गरेको बताइन् । कतारका बिकासका असल अभ्यासहरू अनुशरण गर्न भरतपुर महानगरपालिका आतुर रहेको समेत प्रमुख दाहालको भनाइ थियो । प्रमुख दाहालले भरतपुर महानगरमा बनिरहेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गर्न कतार सरकारसँग सहकार्यको अपेक्षा गरेकी थिइन् ।

प्रमुख दाहालले भरतपुर महानगरपालिका कतारका जुनकुनै सहरसँग भगिनी सम्बन्ध कायम गरी नागरिक स्तरमा दुई देशबीच सहयोग आदानप्रदान र आपसी हितका क्षेत्रमा काम गर्न इच्छुक रहेको समेत राजदुत महमदलाई जानकारी गराइन् । भेटघाट कार्यक्रममा भरतपुरमहानगरपालिकाका प्रमुख रामबन्दु सुवेदी, आर्थिक प्रशासन प्रमुख जगन्नाथ अर्याललगायतको सहभागिता रहेको थियो।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com