२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

रुसले बिस्फोट गरायो जासुसी उपग्रह : रिसमा अमेरिकाले भन्यो, ‘जवाफ पाउनेछौ’

एजेन्सी

अमेरिकाले एक ‘खतरनाक र गैर जिम्मेवार’ मिसाइल परीक्षणका लागि रुसको निन्दा गरेको छ र यो परीक्षणले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा भएका अन्तरिक्ष यात्रीको जीवन खतरामा पारेको बताएको छ ।

यो परीक्षणमा रुसले आफ्नै एउटा उपग्रहमाथि निशाना लगायो । उपग्रह बिस्फोट भएपछि अन्तरिक्षमा यसका टुक्रा छरिए र आइएसएस चालक दल आफ्नो क्याप्सुलमा लुक्न बाध्य भए ।

अन्तरिक्ष स्टेशनमा यतिबेला सात अन्तरिक्ष यात्री छन् । यीमध्ये चार अमेरिकी, एक जर्मनी र दुई रुसका यात्री छन् ।

अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले एक ब्रिफिङमा भने, ‘आज रुसले एउटा एन्टी सेटलाइट मिसाइलको परीक्षण गर्नका लागि आफ्नै सेटलाइट नष्ट गरेको छ । यो परीक्षणमा उपग्रह १५ सयभन्दा बढी टुक्रा भएको छ भने यसका स–साना टुक्रा त हज्जारौंको संख्यामा छन् । यसले अब सबै देशको हितमा खतरा निम्त्याएको छ । ’

यस्तै रुसको अन्तरिक्ष एजेन्सी रसकसमसले यो घटनालाई सानो बनाएर पेश गरिरहेको छ ।

एजेन्सीले ट्वीट गरेको छ, ‘कक्षामा केही चिज आएका कारण चालकदल आफ्नो यानमा जानु पर्यो जुन एक मानक प्रक्रिया हो । यी चिज अब कक्षा बाहिर आइसकेका छन् र अब अन्तरिक्ष स्टेशन ग्रीन जोनमा ९सुरक्षित० छ ।’

सेटलाइटको टुक्रा कक्षामा आउँदा यसबारे सुरुमा केही जानकारी नभएको र त्यसको केही समयपछि मात्रै यस्तो भएको थाहा भएको बताइयो ।

यी टुक्रा रुसको उपग्रह कसमस–१४०८ का थिए । यो एक जासुसी उपग्रह थियो जसलाई सन् १९८२ मा लञ्च गरिएको थियो । यसको तौल थुप्रै टन थियो र पछिल्लो केही वर्षदेखि यसलाई निस्क्रिय गरिएको थियो ।

अन्तरिक्षको फोहोरबारे जानकारी राख्ने कम्पनी लियोल्याकका अनुसार उनीहरुको न्युजिल्याण्डस्थित रडार सेवाले लामो समयदेखि एक निस्क्रिय अन्तरिक्षयान भएको स्थानमा थुप्रै भग्नावशेष देखेको छ ।

प्राइसले अहिले नै जोखिम नटरेको बताए ।

उनी भन्छन्, ‘यो परीक्षणले अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेनमा अन्तरिक्षयात्रीका साथै अन्य मानव अन्तरिक्षयानको गतिविधिका लागि जोखिम बढाइदिनेछ । रुसको खतरनाक र गैर जिम्मेवार व्यवहारले अन्तरिक्षको स्थिरतालाई लामो समयसम खतरामा पार्ने भएको छ र यसले यो पनि स्पष्ट हुन्छ कि अन्तरिक्षको हतियारीकरणको विरोध गर्ने रुसको दाबी एक पाखण्ड हो । अमेरिकाले आफ्नो सहयोगीसँग मिलेर उसको यो गैर जिम्मेवारीपूर्ण व्यवहारको जवाफ दिनेछ ।’
‘यो परीक्षण एक प्रकारको पागलपन हो’

बीबीसीका विज्ञान संवाददाता जोनाथन अमोस भन्छन्, ‘यो एन्टी सेटलाइट मिसाइल परीक्षण एक प्रकारको पागलपन हो । तेज गतीको असरले पैदा हुने भग्नावशेषलाई नियन्त्रण गर्न असम्भव छ । यसले हज्जारौं टुक्रा बनाएको छ । कति त धर्तीतर्फ पनि आउलान् तर थुप्रै अन्तरिक्षमा नै घुमिरहनेछन् । यसले भविष्यमा रुससहित सबै देशको मिसनलाई प्रभावित गर्नेछ ।’

‘अन्तरिक्ष स्टेशनमा भएको रुसको अन्तरिक्षयात्रीले के सोचेका होलान् जब सोमबार उनीहरु यस्ता टुक्राबाट बच्नका लागि आफ्नो क्यापसुलमा लुक्नु पर्यो ।’

‘अन्तरिक्षमा फोहोर बढ्दै गइरहेको छ । ६३ वर्षसम्म हाम्रो टाउको माथि एकपछि अर्को गतिविधि भइरहेका छन् । यसको अर्थ यो हो कि अन्तरिक्षमा करोडौं टुक्रा अनियन्त्रित रुपमा घुमिरहेका छन् । यसको आकार एक सेमीदेखि १० सेमीसम्म छ ।’

‘यस्तो प्रकारको गतिविधिको असर मौसम र टेलिकम्युनिकेशनसँग जोडिएका उपग्रहमा हुनेछ । देशको अन्तरिक्षको वातावरणलाई सफा गर्न आवश्यक छ, त्यसलाई प्रदुषण गर्ने होइन ।’

बीबीसी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com