२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

बाइडेनलाई चिनियाँ राष्ट्रपतिको चेतावनी : अमेरिकाले आगोसँग नखेलेकै राम्रो

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भर्चुअल बैठक समाप्त भएको छ । राष्ट्रपति बाइडेनले शी जिनपिङसँग ताइवानको स्थितिमा कुनै प्रकारको एकतर्फी परिवर्तनको अमेरिकाले निकै कडा रुपमा विरोध गर्ने बताए ।

दुई नेताबीच शिजियांग र हङ्गकङको विषयमा पनि कुराकानी भयो । समाचार एजेन्सी रोयटर्सका अनुसार शी जिनपिङले राष्ट्रपति बाइडेनलाई ताइवानमा स्वतन्त्रताको समर्थन गर्नु आगोसँग खेल्नु सरह भएको र जसले आगोसँग खेल्छ ऊ जल्ने भन्दै चेतावनी दिए ।

बैठकपछि ह्वाइट हाउसले प्रेस वक्तव्य जारी गर्दै अमेरिका एक चीन नीतिमा प्रतिबद्ध भएको बतायो । एक चीन निति मान्ने देशले ताइवान चीनको हिस्सा भएको मान्यता राख्छ । अघिल्लो महिना बाइडेनले चीन यदि ताइवानमाथि हमला गर्छ भने अमेरिकाले ताइवानको बचाउ गर्ने बताएका थिए ।

दुई नेताबीचको यो बैठक ताइवान, व्यापार र मानवाधिकारको मुद्दामा जारी तनावबीच भएको हो । शी जिनपिङलाई राष्ट्रपति बाइडेनले भने, ‘आफ्नो प्रतिद्वन्द्तिालाई संघर्षतर्फ जान नदिन दुबै देशको जिम्मेवारी हो ।’

जनवरीमा अमेरिकाले सत्ता सम्हालेपछि बाइडेन र शी जिनपिङको यो वार्ता निकै ठोस् मानिएको छ ।

चिनियाँ विदेशमन्त्रीका प्रवक्ता हुआ चुनयिङले दुई नेताको वार्ता निकै रचनात्मक र लाभकारी रहेको बताए । यसले आपसी समझदारी बढाउन मद्दत गर्ने उनले बताए ।

बीबीसी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com