२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अध्यक्ष प्रचण्डले महोत्तरी पुगेर भने मधेसको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी

काठमाण्डौँ पुर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका ःअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुरमा पुगेर बुधबार आयोजित जनसभालाई सम्बोधन गर्दै भने मधेसको मुटु प्रदेश नं २ मा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका हुन्।

‘चुनावमा जनताले नक्कली जलपवालालाई बढार्नेछन्,’ प्रचण्डले भने, ‘मधेस र मधेसी जनताको मुक्तिको शङ्खनाद हामीले गरेका हौं, मधेसी जनताले आगामी निर्वाचनमा पहिलो मत दिएर हामीलाई नम्बर एक बनाउनेछन्।’

यसअघिका मधेस भ्रमणमा मधेससँग आफ्नो गहिरो ‘प्रेम’ परेको उनको भनाइ छ।

आफैंले दुई पटक मधेसी जनताको हक अधिकारका निम्ति संविधान संशोधनको प्रस्ताव लगेको प्रसङ्ग सम्झाउँदै उनले त्यतिखेर सफल हुन नसकेको त्यो कुरा अब पहिलो पार्टी बनेर पूरा गर्ने बताए।

‘हामीले संविधान संशोधन गरेर मधेश मुद्दा सम्बोधनको जमर्को गर्‍यौं,’ प्रचण्डले भने, ‘तर संविधान संशोधनका लागि आवश्यक बहुमत नभएको हुँदा सम्भव भएन।’ त्यतिखेर संविधान संशोधन प्रस्ताव एमालेको असहयोगले असफल भएको प्रचण्डले बताए।

पछिल्लो समय न्यायालयभित्र देखिएको समस्या केही दिनभित्रै हल हुने उनको भनाइ छ।

अध्यक्ष प्रचण्डले रागोपालपुर नगरपालिकाका वडा नम्बर २, ३, ४, ६, ७, ८ र ९ मा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको पनि जनसभाबाटै सेवा प्रारम्भ भएको घोषणासाथ उद्घाटन गरे। महोत्तरीमा स्वास्थ्य सेवामा पहुँच वृद्धि शैक्षिक विकासका लागि निरन्तर आफ्नो प्रयत्न जारी रहने उनले प्रतिबद्धता जनाए। समारोह (सभा) मा माओवादी केन्द्रका स्थायी कमिटी, केन्द्रीय कमिटीका सदस्य र सांसदको उपस्थिति थियो। रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com