२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

अष्ट्रेलियामा अहिलेसम्मकै ठूलो लगानी गर्दै गुगल

अष्ट्रेलियन सरकारसँगको विवादका कारण गुगलले गत वर्ष अष्ट्रेलियामा आफ्नो सेवा बन्द गर्नेसम्मको चेतावनी दिएको थियो । तर हाल आएर गुगलले त्यहीँ अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्राउने भएको छ ।

गुगलका सीईओ सुन्दर पिचाइले सोमबार एक घोषणा गर्दै कम्पनीले आउँदा पाँच वर्षभित्रमा अष्ट्रेलियामा एक अर्ब अष्ट्रेलियन डलर अर्थात् ७३ करोड ६० लाख अमेरिकी डलर लगानी गर्ने बताएका छन् ।

उक्त रकमको केही हिस्सा अष्ट्रेलियामा गुगलका पहिलो अनुसन्धान केन्द्र निर्माणमा खर्च गरिनेछ । त्यस्तै अष्ट्रेलियाको क्लाउड कम्प्युटर क्षेत्रको विकासमा पनि गुगलले सहयोग गर्नेछ ।

पिचाइका अनुसार गुगलले स्वच्छ ऊर्जा तथा ग्रेट ब्यारिएर रिफको संरक्षणको परियोजनालगायतमा पनि अष्ट्रेलियाको सरकारी निकायसँग साझेदारी गर्ने योजना बनाएको छ । त्यस्तै क्वान्टम कम्प्युटिङको क्षेत्रमा स्थानीय विश्वविद्यालयसँग सहकार्य गरिनेछ ।

स्मरण रहोस् अष्ट्रेलियामा गुगलको उपस्थिति दुई दशकदेखि रहँदै आएको छ र हाल दुई हजार स्थानीयलाई रोजगारी प्रदान गर्दै आएको छ । गुगलको एक अर्ब डलर लगानीले अष्ट्रेलियामा थप नयाँ रोजगारी सिर्जना गर्नुका साथै उन्नयनलाई पनि बढावा दिने अपेक्षा गरिएको छ ।

गुगलको उक्त कदमलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले समेत प्रसंसा गरेका छन् । गुगलको उक्त लगानी प्रतिबद्धतालाई एनले अष्ट्रेलियाको आर्थिक रणनीतिमा १ अर्ब विश्वासको मत भनेका छन् ।

स्कट मरिसन सरकारले सन् २०२० सम्ममा आर्टिफिसियल इन्टेलिजेन्सलगायतमा क्षमता विस्तार गर्दै मुलुकलाई विश्वको शीर्ष डिजिटल अर्थतन्त्र बनाउने योजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।

सिड्नीस्थित गुगलको कार्यालयमा मंगलबार बोल्दै अष्ट्रेलियन प्रधानमन्त्री मरिसनले यस योजनाको अर्थ आफूहरू अर्को सिलिकन भ्याली बन्ने प्रयासमा रहेको भन्ने नरहेको प्रष्ट पार्दै गुगलको लगानी कार्यक्रमले अष्ट्रेलियामा ६ हजार नयाँ रोजगारी सिर्जना गर्नुका साथै मुलुकको अर्थतन्त्रमा ६ अर्ब ७० करोड डलर योगदान गर्ने बताए ।

पछिल्ला महिनाहरूमा अष्ट्रेलियन सरकार र स्थानीय प्रयोगकर्ताहरुसँग रहँदै आएको तनावपूर्ण तथा जटील सम्बन्धलाई मथ्थर पार्ने प्रयासमा गुगलले पछिल्लो घोषणा गरेको बताइएको छ ।

आफ्नो साइटमा समाचारहरु राख्दा सम्बन्धित समाचार एजेन्सीहरुलाई पैसा तिर्नुर्ने गरी अष्ट्रेलिया सरकारले लागू ग्रेको नयाँ कानूनको गुगलले विरोध गरेसँगै गुगल र अष्ट्रेलिया सरकारबीच सार्वजनिक रुपमा विवाद भएको थियो ।

गुगलले यस विषयमा महिनौँसम्म विवाद गरिरह्यो भने एक पटक त अष्ट्रेलिया सरकारको उक्त प्रस्तावित कानूनकोविरुद्धमा आफ्नो होमपेजबाटै चेतावनी जारी गर्‍यो ।

गुगलको उक्त कदमको अष्ट्रेलियन नियामकहरूले आलोचना गर्दै गुगलले गलत जानकारी फैलाएको आरोप लगाएका थिए । गत जनवरीमा गुगलले अष्ट्रेलियामा सर्च इन्जिन बन्द गर्ने चेतावनी दिएको थियो । तर संसदमा उक्त विधयेक मतदान हुने समयमा गुगलले बोली परिवर्तन गर्‍यो ।

आफ्नो पक्षमा सांसदहरुको मत आकर्षित गर्नका लागि उनले न्युज कर्प तथा सेभेन वेष्ट मिडिया लगायतका अष्ट्रेलियाका सबैभन्दा ठूला समाचार एजेन्सीहरुसँग सहकार्यको घोषणा गर्‍यो ।

उता फेसबुकले भने नयाँ प्रस्तावित कानूनको विरोधमा अष्ट्रेलियामा आफ्नो साइटमा सबै समाचार सामग्रीमा प्रतिबन्ध लगायो । अष्ट्रेलिया सरकारले नयाँ आचारसंहितामा केही परिवर्तन गरेपछि मात्रै फेसबुकले आफ्नो प्लाटर्फममा समाचार सामाग्रीलाई पुनः खुल्ला गरेको थियो ।

फेब्रुअरीमा अष्ट्रेलिया सरकारले उक्त नयाँ कानून पारित गरेसँगै समाचार एजेन्सीहरूसँग सहकार्य गर्ने गुगलको घोषणाको प्रसंसा भएको थियो ।

एजेन्सी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com