२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

रुपन्देहीमा देउवा पक्ष र पौडेल पक्ष कार्यकर्ता विच कुटा कुट

भैरहवा । रुपन्देहीमा नेपाली काँग्रेसका दुई समूहबीच ‘ग्याङ फाइट’ (झडप) भएको छ । झडपमा ५ जना घाइते भएका छन् । शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षलाई कुटपिट गर्दा पाँच जना घाइते भएका हुन् । शुक्रबार भएको क्षेत्र नम्बर ३ प्रदेश सभा (क. को निर्वाचनको मतगणना भइरहँदा देउवा पक्षले पौडेल पक्षलाई कुटपिट गरेको काँग्रेस स्थानीय नेता संजीव शर्मा रेग्मीले जानकारी दिए ।

भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा मतगणना भइरहँदा गएराति २–२ः३० बजेको बीचमा देउवा पक्षबाट आफ्नो समूहमाथि कुटपिट भएको काँग्रेस क्षेत्र नम्बर ३ प्रदेशसभा (क. का उम्मेदवार पुरनप्रसाद श्रेष्ठले बताए ।

कुटपिटबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेसकुमार पन्त गम्भीर घाइते भएका छन् । घाइते पन्तलाई भीम अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट मणिग्रामस्थित क्रिमिशन अस्पतालमा रेफर गरिएको थियो । क्रिमिशन अस्पतालले लुम्बिनी प्रादेशिक अस्पतालमा रेफर गरेको थियो ।

अहिले पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको श्रेष्ठले जानकारी दिए । ‘गुण्डागर्दी शैलीमा कुटपिट भएपछि पन्तजी गम्भीर घाइते हुनुभएको छ’, श्रेष्ठले भने, ‘नाकमा ठूलो चोट लागेको छ, शरीर रगताम्य भएको छ ।’

देउवा पक्षको कुटपिटपछि घाइते भएका अन्य ५ जनाको भैरहवामै उपचार भइरहेको छ । श्रेष्ठका अनुसार तरुणदल रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङको नेतृत्वमा आएको देउवा पक्षका युवाहरुको समूहले पन्तलगायतलाई कुटपिट गरेको हो ।

मतगणनाका क्रममा श्रेष्ठ पक्षीय उम्मेदवारले अग्रता लिन थालेपछि जेनेटर बन्द गरी देउवा पक्षले आक्रमण गरेको हो । विवाद र कुटपिट भएपछि अहिले मतगणना स्थगित भए

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com