२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

केपी ओली को गर्जन कांग्रेस एक्लै चुनाव लड्न सक्दैन त्यसैले अरुको सहाएता खोज्दै छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस एक्लै चुनाव लड्न सक्दैन त्यसैले अरुको सहाएता खोज्दै छ । उनले आगामी चुनावमा एमाले कसैको वैशाखी नटेकी हिँड्ने र विजय हासिल गर्ने दावी गरे ।

नेपाल सम्वतका अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले १० वटै दल एमालेविरुद्ध एकजुट भएर आए पनि फरक नपर्ने बताए । उनले भने, ‘एमाले सिध्याउँछु भनेर पाँच होइन, १० वटै दल आए पनि एमालेलाई केही फरक पर्नेवाला छैन ।’

आफ्नो सरकार ढालेर कांग्रेसको औंला समातेर हिँड्नेहरुले चुनावसम्म गठबन्धन रहने कुरा गरिरहेको ओलीले बताए ।

‘कांग्रेसले चुनावसम्म गठवन्धन हुन्छ भनेको सुनेको छैन । जो कांग्रेसको औंला नसमाती हिँड्न सक्दैनन् उनीहरु यस्तो भन्दैछन् । तर, कांग्रेसले कहिलेसम्म औंला दिन्छ मलाई थाहा छैन’ ओलीले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com