२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाऔँ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी ःशनिबार काठमाडौँको स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले मुलुकको आत्मनिर्भरताको निम्ति, काठमाडौँ उपत्यकालाई नमुनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराइन् । राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटा भट्टाहरूमा पनि विद्युतीय ऊर्जाहरूको उपयोग गर्न ढिलाइ गर्न नहुनेमा जोड दिएकी थिइन् । उनले सिमेन्ट उद्योगहरूमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताइन् । राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको चपेटाबाट मुलुकलाई जोगाउन पनि हामीसँग रहेका सम्पदाहरूको परिचालन गर्न आवश्यक रहेको पनि जिकिर गरिन् ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गीत, संगीतको माध्यमबाट बुद्धको सन्देश विश्वभर पुर्‍याउन योगदान गरिरहेको ज्ञानमाला भजन खलःलाई आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मेयर शाक्यले काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाहरूको संरक्षणको कामलाई महानगरपालिकाले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको पनि बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com