२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

नुवाकोटमा केसी समुहको लज्जास्पद हार

नुवाकोट । नेपाली कांग्रेस नुवाकोटको चार प्रदेशसभामा शुक्रवार भएको अधिवेशनमा वलियो मानिएको केसी पक्षले लज्जास्पद हार व्यहोरेको छ ।

शनिवार आएको मत परिणामले केसी पक्षका सभापतिका उम्मेदवारहरुले कुनैपनि प्रदेशसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सकेनन । नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ९क० मा उप–सभापतिसहित केही पदमा मात्र केसी पक्षले जित हासिल गरेको छ ।

प्रदेशसभा जित हात पार्नेमा नुवाकोट क्षेत्र नम्बर १ को ९क० सुशिल खड्का र प्रदेश ९ख० मा रामजी पौडेल रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को .९क० मा बैकुण्ठ बहादुर पाण्डे र ९ख. मा गणेश तामाङ रहेका छन् ।

केन्द्रमा एकै गुटमा रहेका महत र केसी जिल्लामा भने फरकफरक समुहमा देखिँदै आएका छन् । जिल्लामा कांग्रेसको अहिले पुर्वमन्त्रि अजुननरसिंह केसी, जिल्ला सभापति जगदीश्वरनरसिंह केसी एउटा गुटमा छन् भने महत समुहमा पुर्व अर्थमनित्र तथा नेपाली कांग्रेसका केन्द्रिउ सदस्य डा।रामशरण महत, कांग्रेसका सहमहामन्त्रि डा। प्रकाशशरण महत, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संघिय सांसद वहादुरसिंह लामा लगायत रहेका छन् ।

चारवट्टै प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्ना सबै उम्मेदवारले नराम्रो हार व्यहोरेपछि केसी पक्ष झस्किएको छ । पार्टीमा योगदान र योग्यताको आधारमा टिकट नदिएपछि पछिल्लो समय नुवाकोटमा केसी समुह छाड्ने नेता तथा कार्यकर्ताहरु बढीरहेका छन् ।


नेपाली कांग्रेस नुवाकोटको राजनितिामा लामो समयदेखि प्रभाव जमाउँदै आएको केसी समुहले जिल्लाको चारवट्टै प्रदेशसभामा नराम्रो झड्का व्यहोरेसँगै अब दुई क्षेत्रिय चुनावतर्फ सबैको ध्यान केन्द्रित भएको छ ।

क्षेत्रिय सभापतिमा अहिलेसम्म ४ जनाले सभापतिमा उम्मेदवारी दिएका छन् । जसमका केसी समुहबाट क्षेत्र नम्बर १ को सभापतिमा विषम रिमाल र क्षेत्र नम्बर २ को सभापतिमा मछिन्द्र नरसिंह प्याकुरेल रहेका छन् ।

यस्तै महत र लामा समहुबाट क्षेत्र नम्बर १ मा लिखु गाउँपालिकाका अध्यक्ष धुव्र श्रेष्ठ र क्षेत्र नम्बर २ को सभापतिमा जगत तामाङले उम्मेद्धवारी दिएका छन् ।

नुवाकोटमा रहेको १२ ओटा स्थानिय तहमा बराबरी हैसियतमा देखिएका महत र केसी पक्षको क्षेत्रिय चुनावी भिडन्त झन रोचक हुने देखिन्छ

नुवाकोट क्षेत्र नम्बर २ प्रदेश क को सभापतिमा बैकुण्ठ पाण्डे निर्वाचित

नुवाकोट क्षेत्र नम्बर २ को प्रदेश ९ख० मा गणेश तामाङको प्यानलनै विजयी

नुवाकोट क्षेत्र नं १ प्रदेश ‘ख’ मा रामजी पौडेलको प्यानलै विजयी

नुवाकोट क्षेत्र नं १ प्रदेश ‘क’मा शुशिल खड्का बिजयी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com