२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

प्रचण्डको दावीे अझैपनि देश माओवादीकै वरिपरि चलेको छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति मुलुकमा आकर्षण बढेको दावी गर्नुभएको छ ।

सोमबार पूर्वी चितवनको टाँडीमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले मुलुकमा माओवादी केन्द्रप्रति जनलहरनै छाएको जिकीर गर्नुभयो ।

‘माओवादी प्रति देशमा जनलहर आउदैछ । हरेक प्रदेश र स्थानीय तहमा अन्य पार्टीका मानिसहरु आउनेक्रम बढेकोछ । सबैभन्दा बढी प्रदेशमा २ मा पाएँ । मुलुकका धेरै ठाउँमा एक मात्रै होइन हजारौँ बुद्धिजिवी प्रवेश गरे अर्को पार्टीबाट,’ उहाँले भन्नुभयो, ‘सर्लाहीमा ७ सय भन्दा बढी शिक्षकहरु अन्य पार्टीबाट माओवादी केन्द्र प्रवेश गरेका छन् । यो सानो कुरा होइन । यसअर्थमा अब माओवादीनै हो, देशमा जनलहर छाउने पार्टी।’

माओवादी केन्द्रले जनयुद्धमा साथ दिएका किसान र मजदुर जस्ता पक्षका सम्बोधन नगरेर केही गल्ति गरेको भने स्वीकार गर्नुभएको छ । तर अब पार्टीले त्यो गल्तीबाट सिकेर अघि बढ्न प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिगमन बिरुद्ध आफूहरुले लडेर एकबद्ध हुने प्रयत्न गरेको पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रतिगमनबिरुद्ध उठाएक मुद्धा एकताको मुद्धा थियो । विभाजनको होइन।’

अबका दिनमा माओवादी गर्जिनै पर्ने समय आएको पनि उहाँले बताउनुभयो ।

‘हामी गर्जिनै पर्छ । यो परिवर्तन हामीले ल्याएको हो । कुनै विदेशी दलालीले ल्याएको होइन । हरेक टोल टोलमा गएर हामीले ल्याएको परिवर्तनको चर्चा गर्नु कन्जुस्याइ गर्नु भएन,’ कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो, ‘हामीले गाउँ(गाउँमा टोल(टोलमा गएर पार्टी संगठन बिस्तार गर्नुपर्छ।’

उहाँले प्रधानमन्त्री राष्ट्रपति जो भएपनि देश माओवादी केन्द्रकै वरिवरी घुमिरहेको दावी गर्नुभयो । माओवादी केन्द्र बलियो भए अधिकार बच्ने मात्रै नभइ अझै धेरै अधिकार पाइने जिकीर गर्नुभयो। माओवादी केन्द्र कमजोर भए देशनै संकटमा पर्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com