२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

धनकुटा क क्षेत्रीय सभापतिमा राई निर्वाचित

नेपाली काँग्रेस धनकुटा प्रदेशसभा क क्षेत्रीय सभापतिमा जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मत परिणाम अनुसार जितेन्द्रले निकटतम प्रतिस्पर्धी मोहन बान्तवा राईलाई ५१ मतान्तरले पराजित गरे । जितेन्द्रले २ सय ८३ मत पाउँदा बान्तवाले २ सय ३२ मतमै चित्त बुझाए ।

उपसभापतिमा नगेन्द्र राई र मिलन खड्गी, सचिवमा नगेन्द्र बहादुर तामाङ (जीवनं) सहसचिवमा टंकप्रसाद थापा र यम कुमार श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्ष निर्वाचित समितिबाट मनोनित गर्ने कांग्रेसको विधानमा उल्लेख छ ।

प्रदेशसभा (क) मा निर्वाचित पदाधिकारीमा उपसभापति नगेन्द्र राई रामचन्द्र पौडेल पक्षका हुन् भने बाँकी सबै पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन् । प्रदेश अधिवेशन प्रतिनिधिमा खुलातर्फ पदमबहादुर राई, धनबहादुर खड्का, भुपेन्द्र भण्डारी, दिनेश राई आठपहरिया, ईश्वरीप्रसाद सुवेदी, रोहिणी पाण्डे र राजेश्वर बहादुर श्रेष्ठ निर्वाचित भएका छन् । राई, खड्का, भण्डारी, आठपहरिया र श्रेष्ठ देउवा पक्षका हुन् भने सुवेदी र पाण्डे पौडेल पक्षका हुन् ।

महिलातर्फ सावित्री देवि श्रेष्ठ, हिमा चेम्जोङ र मुनादेवि पोख्रेल चयन भएका छन् । आदिवासी महिलातर्फ पुजन लिम्बू र कुसुम जोशी निर्वाचित भएका छन् । जनजातितर्फ लाखमान राई, यमप्रकाश मगर (दिपक) र साजन राई निर्वाचित भएका छन् । दलिततर्फ दुर्गा विक निर्वाचित भएकी छन् । धनकुटाको जिल्ला अधिवेशन आज सोमबार हुँदैछ । जिल्ला सभापतिमा वर्तमान कोषाध्यक्ष दिनेश राई, अघिल्लो निर्वाचन पराजित कमोट फागो र नेपाल विद्यार्थी संघ धनकुटाका सभापति बालान्द दाहाल रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com