२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

मंसिर १७ गतेदखि सबै स्थानिय तहको केन्द्रबाट मतदाता नामावली संकलन गरिने

काठमाडौं ः निर्वाचन आयोगले मंसिर १७ गतेदेखि देशभर मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले विशेष अभियानको रुपमा स्थानिय चुनावको निर्वाचन मिति तोकिनु अघि नैै नामावली संकलन गर्न लागेको हो ।

आयोगको अनुसार सबै स्थानिय तहको केन्द्रबाट मतदाता नामावली संकलन गर्न हिमाली र पहाडी जिल्लाका स्थानिय तहमा १० दिन तथा तराई र काठमाडौं उपत्यकाका स्थानिय तहले १५ दिन सञ्चालन गर्ने भएका छन् ।

आयोगले ७७ जिल्लाको सम्पुर्ण तहबाट पनि हाल मतदाता नामावली संकलन गरिरहेको छ । देशभर करीब २ हजार ३ सय कर्मचारी प्रत्यक्ष रुपमा संम्लग्न हुने र पुस २० गतेसम्म सबै स्थानिय तहमा मतदाता नामावलीको संकलन भइसक्ने आयोगले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com