२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

रामचन्द्र झा माओवादी परित्याग गरि एकीकृत समाजवादीमा प्रवेश

जनसेवा न्युज संवाददाता

नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक डा। अजय कुमार झाको नेतृत्वमा नेपाली काँग्रेस परित्याग गरी ५ सयभन्दा बढी नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

मिथिला अस्पताल प्राइभेट लिमिटेड र मिथिला टेक्निकल एकेडमीका सञ्चालक समेत रहेका डा। झाले नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरुवात गरेका थिए । डा।झा नेविसंघ धनुषाका अध्यक्ष समेत रहिसकेका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com