२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

वैदेशिक रोजगारी र आन्तरिक श्रम बजार व्यवस्थित गर्नेबारे मन्त्री सँग संसदीय समितिमा छलफल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ ।

मन्त्री श्रेष्ठलाई बधाइ तथा शुभकामनादिन संसदीय समितिले आयोजना गरेको कार्यक्रममावैदेशिक रोजगारी र आन्तरिक श्रम बजारलाई व्यवस्थित गर्नेबारे छलफल भएको हो ।

फ्रि भिसा र फ्रि टिकट कार्यान्यवन नहुँदा भइरहेको ठगी, भिजिट भिसाको नाममा अवैध बाटोबाट विदेश लैजाने प्रवृति, अवैध बाटोबाट गएकाघरेलु कामदारको समस्याका साथै बेरोजगारी समस्या समाधानबारे समितिका सदस्यहरुले चासो राख्नुभएको थियो ।

मन्त्री श्रेष्ठले विचौलियाहरूको ठगी अन्त्य गरेर वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइने बताउनुभयो । मन्त्री श्रेष्ठले राम्रो गन्तव्यमा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले सरकारले बेलायतमा फाष्ट ट्याकबाट१० हजार नर्स पठाउन औपचारिक पहलसुरु गरेको जानकारी बताउनुहुँदै ।

सीप सिकाएर राम्रा गन्तव्य मुलुकमाश्रमिक लेजाने गरी तयारी अघि बढेको उहाँले बताउनुभयो । दक्षिण कोरियामा कोरोनाका कारण रोकिएका कामदार पठाउन सुरु गरिएको भन्दै उहाँले आगामी जनवरीसम्म ६ सय जना कामदार पठाइने बताउनुभयो । इजरायलमा रोजगारीका लागि भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य तथा पुलिस रिपोर्टसम्वन्धी काम सकिएर प्रशासनिक काम मात्र बांकी रहेकोले छिट्टै इजरायल पठाइने बताउनुभयो ।

मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमलेवैदेशिक रोजगारीकोनयाँ गन्तव्य खाजी भइरहेको बताउनुहुँदै बिभिन्न रोजगारदाता देशसँग श्रम सम्झौता र नविकरणको तयारी भइरहेको बताउनुभयो । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य समेत रहुनभएका मन्त्री श्रेष्ठलाई समितिमा बधाइ ज्ञापन गरिएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com