२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

पुँजीवादको रङ्गिन सङ्क्रमणले व्यबहार प्रदुषित भयो : दिपा जैशी

कम्युनिस्ट पार्टीभित्र र बाहिर , जनवर्गीय संगठनमा सर्वहारा वर्गले नेतृत्व गरे पनि तिनीहरुले निम्न पुँजीवादी चरित्र अङ्गीकार गरे।

पुँजिबादी वर्गको छत्रछायामा रमाउदै गर्दा सर्वहारा चरित्रमा धमिरा लागेको थाहा नै पाएनन्। संघठनको विधान अनुसारको कार्यक्रम,कार्यदिशा र राजनैतिक ईमानदारिता एक( दुई दिन भित्र नै खप्ल्याक खुप्लुक पारे। पुँजीवादको रङ्गिन सङ्क्रमणले व्यबहार प्रदुषित भयो।

संघगठनभित्र पुँजीवादको पक्षपोषण गर्ने प्रवृत्ति र चरीत्रको प्रवेश भयो। हिजो अस्ति सडकमा घोक्रो सुक्ने गरि शैक्षिक माफिया र निजीकरणको बिरोध गर्ने नेतृत्वले आज आफ्ना नानिबाबुलाइ चर्को शुल्क भएका पुँजीवादी स्कुलमा विचार साट्दै फ्री मा पढाउदै छन्।दिनभरी भाषणमा दलाल निजीकरणको विरोध तर रात परेपछी पुँजिपतिसँग साठगाँठ गर्दै उनिहरुसित कुम जोड्दै होटलमा बसि भोज गर्ने चरीत्र समग्रमा घातक र प्रत्युत्पादक छ।

सिद्धान्त एकातिर , व्यबहार अर्कोतिर गर्ने कम्युनिस्टहरुले नै अहिले माक्र्सवाद र कम्युनिस्ट पार्टिलाई आमजनताको सामु हेर्ने दृष्टिकोण फरक तुल्लाउदै छ। युवा र माक्र्सवादी हुनुको नाताले आलोचनात्मक चेत सहित आफु र आफ्नो नेतृत्वको खबरदारी गरौँ साथै वर्ग पक्षधरताको सेवा गर्ने संगठन निर्माणमा गोलवन्द र प्रतिबद्ध हौँ। लालसलाम !

अखिल (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस समिती कि ईन्चार्ज : दिपा जैशी

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com