२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

कांग्रेस सभापतिमा उम्मेदवारी दिने युवराज ले गरे घोषणा

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि युवराज न्यौपानेले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

गोरखाको आरूघाट गाउँपालिका वडा नम्बर ८ का न्यौपानेले मंसिर २४ देखि २६ गतेसम्म हुने कांग्रेस महाधिवेशनमा सभापति पदमा उठ्ने बुधबार रिपोर्टस् क्लवमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका छन्।

उनले आफूलाई युवा महाधिवेशन प्रतिनिधिको साथ र सहयोग रहने पनि बताएका थिए। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई अब अभिभावक भएर बस्न उनले आग्रह गरेका थिए।

आफूले उम्मेदवारी फिर्ता नलिने पनि उनले बताए। कांग्रेसले मंसिर २१ का लागि उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com