२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दुर्गा प्रशाईद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा विजय भएर फर्किने उहाको दावी

काठमाडौं – करीब एक महीना अघि औपचारिक रूपमा नेकपा एमाले प्रवेश गर्नुभएका व्यवसायी दुर्गा प्रसाईंले नेकपा एमालेको आसन्न १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।महाधिवेशनका लागि चितवन पुग्नुभएका प्रसाईँले आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषाणा गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एमालेको राजनीतिमा सक्रिय भएर लागि परेको छु । आज चितवनबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषण गरेको छु । र, यसमा विजयी हुन्छु भन्ने पनि मेरो विश्वास रहेको छ ।’

उहाँले गत कार्तिक ७ गते झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले नेताका रूपमा पहिलो भाषण गर्नुभएको थियो । प्रदेश(१ का पूर्वमुख्यमन्त्री शेरधन राईले एमालेको सचिवमा उम्मेदवारी दिने बताउनुभएको छ।भोलिदेखि चितवनमा सुरु हुन लागेको एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन बिहीबार भरतपुर आइपुग्नुभएका राईले सचिवमा उम्मेदवारी दिनेगरी तयारी गरेको प्रतिक्रिया दिनुभयो ।एमालेले यसअघि विधान अधिवेशन गरिसकेको छ । नयाँ नेतृत्वका लागि राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट राई पोलिटव्युरो सदस्यमा निर्वाचित हुनुभएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com