२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ओलीलाई नारायण वाग्लेको सुझाव : नारायणी किनारबाट देवघाट जानुस्’

काठमाडौं । नागरिक अभियन्ता नारायण वाग्लेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नारायणी किनारबाट देवघाट जान सुझाब दिएका छन् ।

बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्मको मार्चपासमा सहभागी भएको वाग्लेले १०औं महाधिवेशमा चितवन पुगेका ओलीलाई काठमाडौं नर्फकी उतैबाट देवघाट जान सुझाव दिएका हुन् ।

‘लाखौं कार्यकर्ताका साथ अहिले नारायणी नदी किनारमा हुनुहुन्छ । न्यायालयालाई न्याय नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि सबैले फैसला ९प्रतिनिधिसभा विघटनको विरुद्धमा० गर्ने सबैले राजीनामा दिउन भन्दै न्यायालयप्रति आफ्नो जवाफदेहिता, भूमिका बिर्सने नेतालाई म भन्छु काठमाडौं नर्फकनू’ उनले भने, ‘नारायणी किनारबाट नजिकै देवघाट छ, देवघाट जानुस् । पाँच लाख कार्यकर्ताले एक–एक रुपैयाँ उठाए भने पनि तपाईंलाई सुनको कमाण्डलु किन्न पुग्छ ।’

सडकको मुद्दाको बलमा सत्तामा जाने र सत्तामा गएको भोलिपल्टदेखि प्रतिगमनको मतियार हुने या आफैँ प्रतिगमनको सूत्रधार हुने सम्पूर्ण राजनीतिक पंक्तिलाई जवाफ दिनका लागि बृहत् नागरिक आन्दोलन निरन्तर जागिरहने पनि उनले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com