२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

एमाले नेता थापाको दावी जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाको दावी जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए । देशी विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बताएका छन् ।

भरतपुरमा जारी एमाले दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताए ।

उनले भने– मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको छ । देशको नीति निर्माण गर्ने संसद् अस्तव्यस्त छ । मुलुकको न्याय व्यवस्थालाई सेटिङको माध्यमबाट भताभुङ्ग पारिएको छ ।

देशलाई पुन अशान्ति, कुसंस्कार र भ्रष्टाचारको दुष्चक्रतर्फ लगिएको छ ।’

उनले राष्ट्रियता, गणतन्त्र सङ्घीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताए । एउटा पक्ष अग्रगमन समाजवादी पक्षमा र अर्को पक्ष पश्चगमन, दलाल पुँजीपतिको पक्षपोषणमा लागेको नेता बादलले बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com