२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

किम जोङले मन पराएको ‘लेदर कोट’ सर्वसाधारणलाई लगाउन प्रतिबन्ध !

काठमाडौँ । उत्तर कोरियाका शासक किम जोङ उनले मन पराएको विशेष खालको लेदर कोट सर्वसाधारणलाई लगाउन लगाउन प्रतिबन्ध गरिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार किम जोङको मुख्य रोजाइ रहेको कालो लेदर कोट अरु सर्वसाधारणलाई लगाउन प्रतिबन्धित गरिएको हो । सन् २०१९ मा पहिलोपल्ट किमले उक्त लेदर कोट लगाएका थिए । उनले सो कोट लगाएपछि त्यो कोट यति धेरै प्रख्यात भयो कि उत्तर कोरियाका अन्य केही कुलीन वर्गका मानिसले पनि लगाउन थाले । तर तानाशाही शासक किमले आफूलाई औधी मन परेको उक्त कोट अरुले लगाएको देख्न सकेनन् र प्रतिबन्ध लगाइदिए ।

अहिले जाडो याम सुरू भएसँगै उक्त लामो लेदर कोट त्यहाँका कुलीन वर्गका लागि फेसन जस्तै भएको बताइएको छ । तर प्रतिबन्धपछि त्यहाँको प्रहरीले उक्त कोट बिक्री गर्न र पहिरन गर्नमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको बताइएको छ ।

शासक किमले मन पराएको उक्त कोटा सर्वसाधारणले लगाउनु भनेको शासकलाई चुनौती दिनुसरह भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । विशेष लुगा कसले लगाउने भन्ने विषय पार्टीको अधिकार भएकोले सर्वसाधारणलाई छालाको कोट नलगाउन उर्दी जारी गरिएको ती अधिकारीको भनाइ छ ।

समाचार रिपोर्टहरुका अनुसार उक्त कोटको माग बढेपति केही व्यापारीहरुले चीनबाट कच्चा पदार्थ झिकाएर स्वदेशमै उक्त कोट सिलाएका थिए । चीनसँगको सीमा खुलाइएपछि त्यस्ता कोटहरु बजारमा देखिएका थिए । तर अब उक्त कोटको व्यापार गर्न नपाइने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com