२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

डिसेम्बर १५ देखि भारतले अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने, चीनसहित १४ देशलाई प्रतिबन्ध

काठमाडौं । आगामी डिसेम्बर १५ देखि भारतले नियमित रुपमा अन्तर्राष्ट्रिय हवाइ उडान सुरु गर्ने भएको छ।

पीटीआईले भारतको नागरिक उड्डयन मन्त्रालयलाई उदृत गर्दै आगामी डिसेम्बर १५ देखि नियमित रुपमा भारतले अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न लागेको जनाएको हो ।

कोरोना महामारी बढेपछि गत वर्षको मार्च महिनादेखि अत्यावश्यक वस्तु ढुवानी तथा सुपुर्दगी सेवाबाहेक अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाइएको थियो।

तर, पछिल्लो समय कोरोना संक्रमित घट्न र खोप लगाउनेको संख्या बढ्न थालेपछि प्रतिबन्ध खुकुलो बनाउन थालिएको थियो ।

भारतले डिसेम्बर १५ देखि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान भर्न पाउँदा चीनसहित १४ मुलुकलाई भने प्रतिबन्ध नै लगाइएको छ ।

उडान भर्न प्रतिबन्ध देशहरूमा चीनसहित फिनल्याण्ड, दक्षिण अफ्रिका, ब्राजिल, बंगलादेश, बोत्स्वाना, मौरिसस, न्यूजिल्याण्ड, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, जिम्बाब्बे र सिंगापुर रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com