२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने

काठमाडौं । नेकपा एमालेले केन्द्रिय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाउने भएको छ । सौराहामा आयोजित पार्टीको अन्तिम केन्द्रिय कमिटी वैठकले सो निर्णय गरेको हो ।

एमालेले ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरेको छ । ४५ सदस्यीय स्थायी समिति यथावत रहने भएको छ । एमालेका आयोग २५ सदस्यीय हुने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारी संख्यासमेत थप गरिएको छ । जसअनुसार उपाध्यक्ष ६ जना र उपमहासचिव तीन जना रहनेछन् । कुल पदाधिकारी संख्या १९ पुगेको छ । यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । हाल पदाधिकारीमध्यबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था रहेको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भन्दै राखेको प्रस्तावलाई केन्द्रिय समिति वैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com