२०८१ बैशाख ६ - Thu Apr, 2024 -

Janasewa News

अष्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुला

काठमाडौं । अध्ययनका लागि जापान र अष्ट्रेलियाले जाने नेपाली विद्यार्थीका लागि प्रवेशाज्ञा (भीसा) खुल्ने भएको छ ।

यसअघि कोरोना महामारीका कारण उच्च शिक्षाका लागि अष्ट्रेलिया र जापान जान भीसा अनुमति थिएन । नेपालमा कोरोना भाइरसको संक्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भीसा अनुमति दिने भएको हो ।

अस्ट्रेलिया​ सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुनेगरी विदेशीका लागि पर्यटक बाहेक सबैलाई भीसा दिने भएको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्यायानका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com