२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी नविना लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

११ मंसिर, चितवन । नेकपा (एमाले)को केन्द्रीय सदस्यमा प्रतिनिधिसभा सदस्य नविना लामाले पनि उम्मेदवारी दिने भएकी छन् । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहेकी लामाले केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताएकी छन् ।

लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा पुुगाएको योगदानको सबैले मूल्याङन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी भएको बताइन् ।

उनले पार्टी केन्द्रीय कमिटिको सदस्यका लागि योग्य भएको बताउँदै पार्टी आन्दोलनलाई साथ दिएका महिलाहरू अब केन्द्रीय कमिटीमा आउनुपर्नेमा जोड दिइन् ।

‘१२ वर्षको उमेरदेखि आजसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरियो । पार्टीका हरेक आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो’ लामाले भनिन्, ‘म पार्टीको सदस्यका लागि योग्य छु । आवश्यकता पनि छ । हामी जतिको महिलाहरू पार्टीमा आएन भने को आउने हो त्यसैले सबै प्रतिनिधिहरूले मलाई माया गर्नुहुन्छ भन्ने विश्वास छ ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com