२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

२०३६ देखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका त्रिपाठीले नेपाल ल क्याम्पसको प्रा.क.र स्ववियु सचिव, कानून इलाका सदस्य हुँदै दुई पटक धादिङ काठमाडौं सम्पर्क मञ्चको नेतृत्व गरी जिल्ला फर्केर धादिङ जिल्ला कमिटी सदस्य, सचिव, उपाध्यक्ष हुँदै २०७१ देखि जिल्ला अध्यक्षको जिम्मेवारी संहाल्दै आएका छन् ।

त्रिपाठी २०७४ को आम निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी सबैभन्दा बढी भोट ल्याउनेमा चौंथो र सबैभन्दा फराकिलो मतान्तरमा जित्नेका तेस्रो स्थानमा पर्छन् ।

तत्कालीन माओवादी र एमाले गठबन्धनमा सो क्षेत्रको प्रदेश सभामा एमालेबाट राजेन्द्र पाण्डे र माओवादीका शालिकराम जमकट्टेल निर्वाचित भएका थिए ।

हाल पाण्डे पार्टी फुटाएर बागमती प्रदेशको मुख्यमन्त्री बनेका छन भने जमकट्टेल आर्थिक मामिला मन्त्री बनेका छन् । सोही क्षेत्रबाट चुनाब लड्दै आएका गंगालाल तुलाधर माधव नेपालको विश्वास पात्र पनि नेकपा ९एस० पार्टीमै लागेका छन् ।

विपक्षीका हेवीवेट नेताका सामु चुनाबी प्रतिस्पर्धा गर्नु पर्ने भएकाले पनि कार्यकर्ता र नेताले त्रिपाठीलाई केन्द्रमा लैजान चाहेका हुन् ।

कानूनी पृष्ठभूमिका त्रिपाठीको केन्द्रमा उठ्ने चर्चा नवौं राष्ट्रिय महाधिवेशनमा पनि चलेको थियो । तत्कालीन जिल्ला अध्यक्ष खेमप्रसाद लोहनीलाई केन्द्रमा पठाउन उनी महाधिवेशन प्रतिनिधि समेत नबनेर जिल्लाको कमाण्ड संहाल्न बसेका हुन् । काठमाडौंदेखि चितवनसम्म जोडिएको राजमार्ग त्रिपाठीको निर्वाचन क्षेत्र पर्छ ।

विद्यार्थी राजनिती देखि कानुनी क्षेत्रमा अब्बल त्रिपाठी देशभरि नै लोकप्रिय छन् । कानून र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका त्रिपाठी बौद्धिक नेतामा गनिन्छन् ।

दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रमा डेब्यु गर्न लागेका त्रिपाठीले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने मनस्थिति बनाएका छन् ।

यस पटक केन्द्रीय कमिटीमा जाने मेरो चाहना भन्दा पनि पार्टी फुटको कारण जिल्लामा थपिएका चुनौतीलाई परास्त गर्न कार्यकर्ताको दवाव र नेतृत्वको चाहनाले आफु अगाडी बढेको त्रिपाठी बताउँछन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रका रुपमा चिनिएका त्रिपाठी लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा विश्वस्त छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com