२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

एपिएफलाई पराजित गर्दै च्यासलको पहिलो जित

काठमाडौँ । च्यासल यूथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ। विभागीय टीम एपिएफलाई १-० ले पराजित गर्दै च्यासलले जारी सिजनमा पहिलो जित निकाल्यो।

शनिबार दशरथ रङ्गशालामा भएको पहिलो खेलमा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा च्यासलका लागि दोस्रो हाफ निर्णायक बन्यो।

पहिलो हाफमा दुवै टोलीले पाएको मौकामा गोल गर्न सकेनन्। खेलको १७ औँ मिनेटमा च्यासलका मिडफिल्डर अजित गुरुङको सशक्त प्रहार एपीएफका गोलकिपर राजु योगीले मुस्किलले बचाए। एपीएफका आशिष लामाले ३० औँ मिनेटमा गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरिएको थियो।

अग्रता लिने क्रममा च्यासलले ४९ औँ मिनेटमा गोल गर्‍यो। रुमेशले कमल श्रेष्ठको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गरेका थिए। उक्त गोल नै च्यासललाई तीन अंकका लागि पर्याप्त भयो। च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३(लमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो। एपीएफ २ खेलमा अंक विहीन रहँदै पुछारमा रहेको छ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com