२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

अध्यक्ष :ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यवाद दिनुभयो

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभइ एकता मुख्य कुरा भएको बताउनुभएको छ ।

दशौँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिपक्षी र विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने र पार्टीभित्र एकता हुनुपर्ने बताउनुभयो । पार्टी भित्र एकता भएमात्रै बलियो भएर प्रतिपक्षसँग लड्न सक्ने ओलीको भनाइ छ । महाधिवेशनमा सहमतिको सम्भावना कम हुँदै गएको चर्चाका बीच अध्यक्ष ओलीले सहमतिमै जोड गर्नुभएको हो ।

अध्यक्ष ओलीले पार्टीलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई धन्यवाद पनि दिनुभयो । विरोधीहरुले पार्टी नै खोसेर धुलोमा पछारेकोमा एक वर्ष पनि नभइ देशको एक नम्बर पार्टीको रुपमा पुनर्जिवन पाएको दावी गर्दै ओलीले खुशी व्यक्त गर्नुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सिध्याएको भन्दै खुशी मनाउनेहरुलाई चितवनमा देखिएको जनसमर्थनले जवाफ दिएको बताउनुभएको छ । पार्टीको १० औं महाधिवेशन अन्तरगतको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा जनसमर्थन कोसँग छ भनेर जनसहभागीताले पुष्टि गरेको बताउनुभयो । विरोधीहरुको जालझेलबाट पार्टी प्रतिपक्षमा आएको भए पनि पार्टी उस्तै बलियो रहेको उहाँको भनाइ छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com